शिक्षा / स्वास्थ्य

थपिए २९६ कोरोना संक्रमित, कति निको भए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७७७ र एन्टिजेन विधिबाट १ हजार १९५ जनामा परिक्षण गर्दा २९९ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १८ हजार ५७८ र एन्टिजेनबाट ९५ हजार २७५ जना पुगेको छ ।

यस्तै, आज थप ३६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९९ हजार ५४५ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४९४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *