बलेवा । बागलुङको बुर्तिबाङमा ग.२ च ५९८० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–२ का ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक जयराम वन्तका अनुसार दुर्घटनामा ढोरपाटन–१ का ५८ वर्षीय नरकितव सुनार, ढोरपाटन–६ का ३० वर्षीय विष्णुप्रसाद सापकोटा, ढोरपाटन–५ का ४७ वर्षीया सक्रेनी घर्ती, ढोरपाटन–५ कै ५० वर्षीया नरमला घर्ती, ढोरपाटन–१ का ४८ वर्षीय लेविन्द्र कुँवर र ढोरपाटन–७ का ९ का आकाश घर्ती घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




