समाचार

राप्रपा महाधिवेशन : प्रतिनिधि चयनको मिति सर्‍यो, महाधिवेशनको नयाँ मिति तय गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन तीन दिन पर सरेको छ । ३ मसिंरमा हुने भनिएको प्रदेशसभा निर्वाचनको अघिल्लो दिन मिति सरेको हो ।

‘३ मंसिरमा हुने भनिएको प्रदेशसभा महाधिवेशन प्रतिनिधि चयन निर्वाचन समितिको आग्रहअनुसार ६-८ मंसिरलाई सारिएको छ,’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘महाधिवेशन प्रतिनिधि चयनको मिति सरेपछि स्वतः महाधिवेशनको मिति पनि सर्ने भएको छ । तर नयाँ मिति तय भने भइसकेको छैन ।’

उनकाअनुसार नयाँ मिति चाँडै घोषणा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *