खेलकुद

सीता रानामगरको उत्कृष्ट ब्याटिंग सँगै नेपालले कतारलाई दियो १६५ रनको लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १६५ रन्को लक्ष्य दिएको छ ।टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ३ विकेट गुमाउदै १६४ रन बनाएको हो । नेपालका लागि सिता रनामगरले उत्कृष्ट ब्याटिंग गर्दै अविजित ८२ रन बनाएकी थिइन् ।

कतार भ्रमणमा रहेको नेपाली टिमको यो अन्तिम तथा तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल हो ।तीन खेलको शृंखला नेपालले यसअघि नै २-० ले जितिसकेको छ ।पहिलो खेलमा कतारलाई ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी शृंखला खेलेको हो । यसपछि नेपाली टोली संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ ।विश्वकप छनोट भने २२-२८ नोभेम्बरमा दुबईमा आयोजना हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *