शिक्षा / स्वास्थ्य

थप २९९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ८६३ र एन्टिजेन विधिबाट ३ हजार २८८ जनामा परिक्षण गर्दा २९९ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १८ हजार ३०७ र एन्टिजेनबाट ९५ हजार २५० जना पुगेको छ ।

यस्तै, आज थप २६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९९ हजार १७६ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४८९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *