कोशी प्रदेश

गठबन्धनले बनायो प्रदेश १ मा राजीव कोइरालाको नेतृत्वमा ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’

काठमाडौं । प्रदेश १ को सत्तारूढ पाँच दलीय गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ बनाएको छ ।

आज (सोमबार) विराटनगरमा आयोजित पाँच दलीय गठबन्धन बैठकले अन्य सबै दलका नेता रहने गरी कोइरालाको नेतृत्वमा संयन्त्र बनाउने निर्णय भएको हो ।

सत्ता गठबन्धनले कांग्रेसकै सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको साझा कार्यक्रम तय गर्न कार्यदल पनि बनेको जनाएको छ ।

न्यूनतम साझा कार्यक्रम बनाउने कार्यदलमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य रहेका छन् ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले संसदबाट भोलि विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन उनकै आह्वानमा सत्ता घटक दलहरूको बैठक बसेको थियो । छलफल अहिले पनि जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *