विश्व

रूसद्वारा २०२१ मा १० बिलियन डलरभन्दा बढीको हतियार निर्यात सम्झौता

दुबई । रूसले कोभिड-१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौता गरेको छ ।

रुसका सैन्य-प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री शुगाएभले सोमबार २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने बताएका छन् ।

उनले भने- ‘महामारीजन्य कठिनाइका बावजुद हाम्रा साझेदारहरूसँगको अन्तरक्रिया दिगो र रचनात्मक छ । नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै ५५ बिलियनको स्तरमा पुर्याएको छ । २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *