विश्व

चिनियाँ टेनिस स्टारले लगाएको यौन उत्पीडनको आरोप छानबिन होस्- महिला टेनिस एसोसियसन

काठमाडौँ । महिला टेनिस एसोसियसनले चीनकी टेनिस स्टार पेंग शुआइले लगाएको यौन उत्पीडनको आरोप छानबिन गर्न चिनियाँ सरकारलाई आग्रह गरेको छ ।


टेनिस एसोसियसनले आइतबार एक विज्ञप्ति जारि गर्दै पेंगको आवाज सुन्न र उनको आवाज नदबाउन चिनियाँ सरकारलाई आग्रह गरेको हो ।

टेनिस एसोसियसनका अध्यक्ष स्टेभेन साइमनले पेंगले लगाएको आरोप गम्भीर भएको भन्दै यी आरोपलाई सहि तरिकाले छानबिन गर्नुपर्ने बताएका छन् । उनले पेंगसहित सबै महिलाका यस्ता अवाज दबिन नहुने समेत बताएका छन् ।

के थियो पेंगको आरोप ?

चीनकी टेनिस स्टार पेंग शुआइले एक वरिष्ठ कम्युनिष्ट नेतालाई यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

पेंगले चीनको सामाजिक संजाल वीबोमा एक पोष्ट लेख्दै पूर्व उपप्रधानमन्त्री झांग गाओलीले आफूसँग जबरजस्ती यौन सम्बन्ध बनाएको आरोप लगाएकी थिइन् ।

चीनमा पहिलो पटक कम्युनिष्ट पार्टीका यति ठुलो नेतामाथि सार्बजनिक रुपमा यस किसिमको आरोप लागेको हो ।

डबल्स खेलमा नम्बर एक खेलाडी भइसकेकी टेनिस स्टार पेंगको यस पोष्ट पछि चीनमा खलबली मच्चिएको छ । उनको पोष्टलाई सर्च गर्दा नभेटिने र सिमिति गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

पेंगको आरोपमा रिटायर्ड भएका नेता झांगले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । उनी २०१३ देखि २०१८ सम्म उपप्रधानमन्त्री रहेका झांग राष्ट्रपति सी जीङपीङका करीबी मानिन्छन् ।

खेलाडी पेंगले आफ्नो पोष्टमा लेखेकी छन्- उपप्रधानमन्त्री झांग, मलाई थाहा छ की तपाइँ जस्ता प्रतिष्ठित व्यक्तिले यस्ता आरोपबाट म डराउदैन भन्नु हुने छ । यद्यपी यो बालुवाले ढुंगामा हाने जस्तै नै हुने छ तर पनि म सत्य बताउदै छु ।’

पेंगले आफुलाई उपप्रधानमन्त्री झांगले टेनिस खेल्न बोलाएको बताउदै लेखेकी छन्- ‘त्यो दिन मैले सहमति जनाएकी थिइन् । म लगातार रोइरहेकी थिए । तपाइँले मलाई घरमा लैजानु भयो र सम्बन्ध बनाउन बाध्य बनाउनु भयो ।’

पेंगले आफुले यसको प्रमाण दिन नसक्ने बताउदै यो आफ्नो वास्तविक अनुभव भएको बताएकी छन् । उनले भनेकी छन्- ‘मसँग कुनै प्रमाण छैन । प्रमाण हुन पनि असम्भव छ । किनकी तपाइँलाई डर थियोकी मसँग कुनै किसिमको रेकर्डर छ भनेर । यो मेरो वास्तविक अनुभव हो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *