काठमाडौं । प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का हिमपातको सम्भावाना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागको मौसम आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।
आज राति पहाडी भूभागको मौसममा आंशिक बदली रहने सम्भावना छ ।
मंगलबार प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ ।
अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ ।




