काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गको फाइनल खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई १७२ रनको लक्ष्य दिएको छ ।
न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रन बनाए । त्यस्तै डायर्ल मिचेलले ११ रन बनाए । ग्लेन फिलिप्स १८ रनमा आउट भए भने जेम्स निशमले १३ रन बनाए ।
टस हारेर पहिला व्याटिङ गरेको न्युजिल्याण्डले २० ओभर खेल्दै ४ विकेट गुमाएर रन बनाएको हो । न्युनिल्याण्डले टि–२० विश्वकप फाइनलमा अहिलेसम्मकै सर्वाधिक रन बनाएको हो ।




