समाचार

प्रदेश नम्बर एकका मुख्यमन्त्रीले विश्वासको मत लिने

विराटनगर । प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

कात्तिक १६ गते मुख्यमन्त्रीको सपथ ग्रहण गरेका मुख्यमन्त्री राईले मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री राईले आइतबार प्रदेश सरकारको तर्फबाट प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली समक्ष विश्वासको मत लिनेसम्बन्धि सूचना दर्ता दर्ता गराएका हुन् ।

कात्तिक ३० गते दिउँसो साढे ४ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *