समाचार

थापाथलीबाट एयर गनसहित एक जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त सिंहदरबारले थापाथलीबाट एयर गनसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

थापाथलीस्थित जितेन्द्र नाथको निवासमा खानतलासी गरी प्रहरीले सानो पेस्तोल (एयर गन) बरामद गरेको हो ।  

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले गोली नभएको खाली पेस्तोल बरामद भएको बताए । ‘वृत्तले समातेर ल्याएको छ । आवश्यक अनुसन्धान भइरहेको छ,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *