दमौली । नेकपा (एमाले)को चितवनमा हुने दशौँ महाधिवेशनका लागि तनहुँबाट प्रतिनिधि छनोट गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको तनहुँबाट शनिबार सर्वसम्मतरूपमा एमाले महाधिवेशन प्रतिनिधि छनोट भएको हो ।
क्षेत्र नं १ मा महिलातर्फबाट राष्ट्रियसभा सदस्यसमेत रहेकी भगवती न्यौपाने, खुलातर्फ इन्द्रबहादुर कुँवर, हरिराज कँडेल, बाबुराम अधिकारी र कलावती ढकाल प्रतिनिधि छनोट भएका छन् । क्षेत्र नं २ मा महिलातर्फ सविता रसाइली र राधा महत, खुलातर्फ एमाले जिल्ला अध्यक्ष केदार सिग्देल, रामचन्द्र उपाध्याय, धर्मराज खनाल, श्रीप्रसाद श्रेष्ठ र विष्णुभक्त सिग्देल चयन भएको निर्वाचन अधिकृत शिवदत्त ढकालले जानकारी दिएका छन् । दलिततर्फ बाबुराम सुनार महाधिवेशन छनोट भएका छन् । महाधिवेशन प्रतिनिधिका लागि ४३ जनाको उम्मेदवारी परेको थियो ।




