समाचार

पछिल्लो २४ घण्टामा मोरङमा ३८ जना सङ्क्रमित

विराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं अन्तर्गत मोरङमा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये पनि विराटनगर महानगरपालिकामा २७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १७, सुनसरीमा १०, इलाममा दुई, सङ्खुवासभा र उदयपुरमा एक/एक गरी कूल ९५ जनामा सङ्क्रमण देखिएको हो ।

सो सङ्क्रमित ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० को एन्टिजेन परीक्षण गर्दा २६ मा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा आजै १७ महिलासहित ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने चार महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *