काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को कार्तिक २२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
पदमुक्त हुनेमा प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, कर्णाली प्रदेशका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका गंगाप्रसाद यादव रहेका छन् ।
त्यस्तै सरकारले प्रदेश १ को प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।





