खेलकुद

विश्वकप क्रिकेट : सेमिफाइनलका खेल भोलि र पर्सि

काठमाडौं । टी–ट्वेन्टी विश्वकप क्रिकेटका सेमिफाइनलका खेल भोलि र पर्सि हुने भएका छन्। समूह चरणका खेल गएराति सकिएसँगै अब भोलि र पर्सि सेमिफाइनलका खेल हुने भएका हुन्।

भोलि राति पौने ८ बजे अबुधाबीमा हुने पहिलो सेमीफाइनल खेलमा इङल्याण्ड र न्यूजिल्याण्ड भिड्नेछन्। त्यस्तै पर्सि राति दुबईमा हुने खेलमा अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि भिडन्त भने १४ नोभेम्बरमा अबुधाबीमा हुनेछ।

यसअघि गएराति समूह दुईको भारत र नामिबियाबीचको खेलसँगै समूह चरणका खेल सकिएका छन्। अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेको छ । समूह चरणबाटै बाहिरिसकेको भारतले नामिबियामाथि प्रभावशाली जित निकालेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *