बागमती प्रदेश

एमालेले भन्यो– मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौँ

बागमती ।  नेकपा एमालेका बागमती प्रदेशसभा सदस्य दीपक निरौलाले राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारसँग प्रदेशलाई समृद्ध बनाउने के योजना छ भनेर प्रश्न गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले जनताले विश्वास गरेको पार्टी एमाले नै रहेको दाबी गरे । नेपाललाई समृद्ध बनाउने, नेपालीलाई खुशी बनाउने कुरा अवरुद्ध भएको उपजस्वरुप नै आज सरकार परिवर्तन भएको उनले बताए । मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दा प्रदेशलाई समृद्ध बनाउने खाका के हो भन्नेबारे प्रदेशसभामा प्रस्तुत नै नभएको पनि निरौलाले बताए । उनले भने, ‘त्यसअर्थमा हामीले विश्वासको मत दिइरहन पर्छजस्तो लाग्दैन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *