समाचार

विश्वकप क्रिकेट : पाकिस्तानले स्कटल्याण्डलाई हरायो

काठमाडौं । जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा पाकिस्तान विजयी भएको छ ।

पाकिस्तानले स्कटल्याण्डलाई ७२ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुरमाएर ११७ रन मात्रै बनाउन सकेको हो । स्कटल्याण्डका लागि रिचि बेरिङ्टनले सर्वाधिक ५४ रन बनाए । माइकल लिस्कले १४ र जर्ज मुन्सेले १७ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

स्कटल्याण्डको २ विकेट शादब खानले लिए भने शाहिन अफ्रिदीले एक विकेट लिए । त्यस्तै ह्यारिस रउफले एक विकेट लिए । टस जितेर पहिला व्याटिङ गरेको पाकिस्तानले ४ विकेट गुमाएर १८९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर अजमले ६६ रन बनाए भने सोयव मल्लिकले ५४ रन बनाए ।

यसअघि नै सेमिफाइनल प्रवेश गरेको पाकिस्तानले समुह चरणका सबै खेल जितेको हो । अब फाइनल प्रवेशका लागि पाकिस्तानले अष्ट्रेलियासँग खेल्नेछ भने इङ्ग्ल्याण्डले न्युजिल्याण्डसँग खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *