समाचार

विश्वकप क्रिकेट : इङ्ग्ल्याण्डलाई पराजित गरेपनि दक्षिण अफ्रिका बाहिरियो

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ग्ल्याण्डलाई पराजित गरेको छ ।

इङ्ग्ल्याण्डलाई १० रनले पराजित गरेपनि दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिएको छ । समुह दुईबाट रनरेटका आधारमा इङ्ग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइनल प्रवेश गरेका छन् ।

दक्षिण अफ्रिकाले दिएको १९० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डलाई ८ विकेट गुमाएर १७९ रनमात्रै बनाउन सक्यो । इङ्ग्ल्याण्डका लागि जेसन रोयले २० रन, जस बटलरले २७ रन, डेविड मलानले ३३ रन बनाए । लाइम लिभिङस्टोमले २८ रन बनाए ।

दक्षिण अफ्रिकाका कागिसो रवाडाले ह्याट्रिकसहित तिन विकेट लिए । तव्रिज शास्मीले २ विकेट लिए । त्यसअघि पहिला व्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि निर्धारित ओभरमा २ विकेट गुमाएर १८९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका रस्सि भान डे डुसेनले ९४ रन बनाए भने आइडेन मार्करमले ५१ रन बनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *