काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा बढेको प्रदूषणले बालबालिका सबभन्दा बढी प्रभावित भएको पाइएको छ ।
दिपावलीका अवसरमा पड्काइएको पटाकाका कारण नयाँदिल्ली शुक्रबार संसारकै बढी प्रदूषित वायु भएको सहर बनेको थियो । वायु प्रदूषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने चिकित्सकहरुको भनाई छ ।
सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् ।




