समाचार

विश्वकप क्रिकेट : बंगलादेशमाथि अष्ट्रेलियाको सानदार जीत, बंगलादेश प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत आज भएको पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको छ । अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको ७४ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ६ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले १८ र आरोन फिन्चले ४० रन जोडे ।

टस हारेर पहिला ब्याटिङ्ग गरेको बंगलादेशले १५ ओभरमा अलआउट हुँदै ७३ रन मात्र बनाएको हो । बंगलादेशका लागि ओपनर मोहमद नइमले १७, समिम हुसेनले १९, महमुदुल्लाहले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशको ५ विकेट अष्ट्रेलियाका एडम जाम्पा एक्लैले लिए । जाम्पाले ४ ओभर बलिङ गर्दै १९ रन खचिएर ५ विकेट हात पारेका हुन् । आजको हारसँगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *