समाचार

नेपाल सम्वत् ११४२ को उपलक्ष्यमा मैनबत्ती र्याली

काठमाडौँ । नव वर्ष नेपाल सम्वत् ११४२ प्रारम्भ हुने खुशियालीमा हिजो साँझ मैनबत्ती र्याली निकालियो । नेपाल सम्वत् र यसका प्रवर्तक शङ्खधर साख्वाःसँग जोडिएको वडा नं १५ स्थित ऐतिहासिक स्थल लखुतीर्थबाट उक्त र्याली निकालिएको हो । र्यालीको प्रमुख अतिथि सांसद जीवनराम श्रेष्ठ थिए ।

बाह्र वटा सांस्कृतिक र भाषिक सङ्घसंस्थाहरुको संयुक्त आयोजनामा निकालिएको उक्त ¥यालीले भित्री शहरका विभिन्न भागहरुको परिक्रमा गरेको थियो ।

भोलि नव वर्ष नेपाल सम्वत् ११४२ प्रारम्भको पहिलो दिन सिन्हं स्वां खलःले काठमाडौँको वसन्तपुरबाट मोटरसाइकल र्याली निकाल्दैछ । उक्त र्यालीले काठमाडौँ, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न भागहरुको परिक्रमा गरी शुभकामना बाँड्नेछ ।

आयोजक संस्था सिन्हं स्वां खलःका अनुसार साँझ वसन्तपुरमै सामूहिक म्ह पूजा (शरीर पूजा)को आयोजना गरिने छ । यस पूजामा संयुक्त राज्य अमेरिका र जर्मनीका राजदूतहरु सहभागी हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *