समाचार

विश्वकप क्रिकेट : पाकिस्तानको लगातार चौथो जीतसँगै सेमिफाइनलमा

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत आज भएको दोस्रो खेलमा पाकिस्तान विजयी भएको छ ।

नामिवियालाई ४५ रनले हराउँदै पाकिस्तान विजयी भएको हो । टस जितेर पहिलो व्याटिङ गरेको पाकिस्तानले पुरै ओभर खेल्दै २ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । पाकिस्तानका ओपनर व्याट्सम्यानहरु मोहम्मद रिजमनले नटआउट ७९ रन बनाए भने कप्तान बाबर अजमले ७० रन बनाए । त्यस्तै मोहम्मद हाफिजले ३२ रन बनाए ।

१९० रनको विजयी लक्ष्यसहित मैदान प्रवेश गरेको नामिवियाले पुरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सक्यो । जीतसँगै पाकिस्तान सेमिफाइनलमा पुगेको छ । जारी विश्वकपमा पाकिस्तान सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । ४ खेलमध्ये सबैमा जीत हासिल गरेको पाकिस्तान समुह २ को शिर्ष स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *