काठमाडौं । प्रदेश १ को मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले गरकेो सबै निर्णय, नियुक्ती र सरुवा पुनरावलोकन गर्ने र खारेज गर्ने निर्णय गरेको छ ।
नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भीम आचार्य नेतृत्वको सरकार असंवैधानिक रहेको र त्यो सरकारले गरेका सबै निर्णय एकमुष्ट रुपमा खारेज गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेशका १३७ स्थानीय तहका १/१ अल्पसंख्यक, सीमान्तकृत, दलित र विपन्नलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय समेत गरेको छ ।




