काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड विजयी भएको ।
इङ्ल्याण्डले श्रीलंकालाई २६ रनले पराजित गरेको हो । टस हारेर पहिला व्याटिङ गरेको इङ्ल्याण्डले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । इङ्ल्याण्डका लागि जेस बटलरले १०१ रन बनाए । त्यस्तै इवान मोर्गनले ४० रन बनाए भने जेसन रोय भने ९ रनमा आउट भए ।
१६४ रनको विजयी लक्ष्यसहित मैदान प्रवेश गरेको श्रीलंकाले १९ ओरभमा पुरै विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो । श्रीलंकाका हसरंगा डे सिल्भाले ३४ रन बनाए । डासुन सनाकाले २६ रन बनाउँदा भानुका राजापक्षले समेत २६ रनको योगदान गरे ।
समुह एकको शिर्ष स्थानमा रहेको इङ्ल्याण्डले खेलेका ४ वर्ट खेलमा जित निकालेको छ । श्रीलंका भने ४ मध्ये एउटामा मात्रै जीत निकालेको छ ।




