काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत इङ्ल्याण्डले श्रीलंकालाई १ सय १६४ रनको लक्ष्य दिएको छ ।
जस बटलरको ऐतिहासिक १ सय १ रनको सहयोगमा इङ्ल्याण्डले २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको हो । जोसन रोय ९ रनमा आउट हुँदा इवान मोर्गनले भने ४० रन बनाए ।
बटलरले टि–२० इनरटनेशनलमा पहिलो सतक बनाएका हुन् । श्रीलंकाका दुसमन्त चमिराले १ विकेट लिए । वानिन्डु हसरंगा डे सिल्भाले ३ विकेट लिए ।




