काठमाडौं । टि–२० विश्वकपअन्तर्गत आज भएको दोस्रो खेलमा भारत पराजित भएको छ ।
भारतलाई न्युजिल्याण्डले ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर भेटायो । न्युजिल्याण्डका लागि मार्टिन गुप्तिलले २० रन बनाए भने कप्तान केन विलियम्सनले नटआउट ३३ रन बनाए । त्यस्तै डेरी मिचेलले ४९ रन बनाए ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले पुरै ओभर खेल्दै सात विकेट गुमाएर ११० रन बनाएको थियो । भारतका लागि इशान किशनले चार रन बनाउँदा अर्का ओपनर केएल राहुल १८ रनमा आउट भए । रोहित शर्मा १४ र कप्तान विराट कोहली ९ रन बनाए भने हार्दिक पाण्डेयले २३ बनाए । रविन्द्र जडेजाले अविजित २६ रन बनाए ।
जीतसँगै न्युजिल्याण्ड सेमिफाइनलको यात्रा वलियो बनेको छ भने भारतको सम्भावना कमजोर बनेको छ । सुपर–१२ को दोस्रो खेलमा भारतले न्युजिल्यान्डलाई १११ रनको लक्ष्य दिएको थियो ।




