काठमाडौं । नेपाली कांग्रेस प्रदेस सभा ‘ख’ संखुवासभाका प्रदेश महाधिवेशन प्रतिनिधि एवं लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य कुवेर भण्डारीले प्रदेश नं १ को केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषण गरेका छन । १४ औं महाधिवेशनको परिमार्जित कार्यतालिका सार्वजनिक भएसँगै भण्डारीले प्रदेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
भण्डारीले मंसीर १६ र १७ गते हुने नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा संखुवासभा जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुने केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको बताए । प्रदेस नम्बर १ का १४ वटै जिल्लामा राम्रो जनसम्पर्क भएका युवा एवं जुझारु नेता भण्डारी पार्टी संगठनको हितमा आफ्नो उम्मेद्वारी भएको दाबी गर्छन । चुनावी मैदानमा होमिएका भण्डारीले मतदातालाई लक्षित गरेर अपिल समेत सार्वजनिक गरेका छन ।




