काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा इङ्ल्याण्ड विजयी भएको छ । अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्याण्ड विजयी भएको हो ।
अष्ट्रेलियाले दिएको एकसय १६ रनको लक्ष्य इङ्ल्याण्डले २ विकेटको क्षतिमा ११ दशमलव ४ ओभरमा पुरा गरेको हो । ५० बल बाँकी रहँदै लक्ष्य भेटाउन इङ्ल्याण्डका लागि जोस बटलरले नटआउट ७१ रन बनाए । जेसन रोयले २२ रन बनाउँदा जनि बारिष्टाले १६ रन बनाए ।
त्यसअघि पहिला व्याटिङ गरेको अष्ट्रेलियाका लागि आरो फिन्चले सर्वाधिक ४४ रन बनाए । डेविड पार्नर एक रनमा आउट भए भने ग्लेन म्याक्सवेल समेत ६ रनमा आउट भए । स्टेभन स्मिथ एक रनमा आउट हुँदा मार्कस स्टोइनिस शुन्य रनमा आउट भए ।
जीतसँगै इङ्ल्याण्ड समुह एकको शिर्ष स्थानमा पुगेको छ भने अष्ट्रेलिया भने तेस्रो स्थानमा पुगेको छ । अष्ट्रेलियासँग समान अंक रहेको दक्षिण अफ्रिका रनरेटका आधारमा समुहको दोस्रो स्थानमा पुगेको छ ।




