एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयलाई चिकित्सकहरुले दुई साता आराम गर्न सुझाव दिएका छन्। चिकित्सकहरुको सुझावसँगै बकिंघम प्यालेसले आगामी दुई साता महारानीले कुनै यात्रा नगर्ने जानकारी दिएको छ।
९५ वर्षीया महारानी एलिजाबेथले आराम गर्ने समयमा सामान्य कामहरु मात्रै गर्ने दरबारले जनाएको छ। बकिंघम दरबारले १३ नोमेम्बरमा सेनोटाफमा हुने आइतबारको कार्यक्रममा भाग लिने महारानीको इच्छा रहेको जनाएको छ।
उत्तरी आयरल्याणडको यात्रा रद्द गरेपछि २० अक्टोबरमा अस्पतालमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको थियो।
उनले यसै साताको मंगलबार विन्ड्सर क्यास्टेलबाट भर्चुअलरुपमा राजदूतहरुसँग कुराकानी गरेकी थिइन्।
महारानी ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तन शिखर सम्मेलनमा सहभागी हुनेछैनन्।




