काठमाडौं । विश्वकप क्रिकेअन्तर्गत पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।
अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ५ विकेट गुमाएर १९ ओभरमा पुरा गरेको हो । पाकिस्तानका लागि कप्तान बाबर अजमले अर्धसकीय पारी खेले । उनले ५१ रन बनाए । सोयब मलिकले फकर जमानले ३० रन बनाए भने असिप अलीले १९ औं ओभरमा ४ छक्का प्रहार गर्दै ७ बलमा २५ रन बनाए ।
अफगानिस्तानका रासिद खानले २ विकेट लिए । मोहम्मद नाबी, मुजीव उर रहमान र नविन उल हकले समान एक एक विकेट लिए ।
त्यसअघि पहिला व्याटिङ गरेको अफगानिस्तानले मोहम्मद नाबी र गुल्बादिन नइवले समान ३५ ३५ रन बनाए । रहमनुल्लाह गुर्वाज र अस्गर अफगानले समान १० १० रन बनाए भने नजिबुल्लाह जर्दानले २२ रन बनाए । करिब जनतले १५ रन बनाए । जीतसँगै पाकिस्तान समुह २ को शिर्ष स्थानमा उक्लिएको छ भने अफगानिस्तान दोस्रो स्थानमा रहेको छ ।
तिनवटा खेल खेलेको पाकिस्तान सबै खेलमा जीत निकालेको छ भने अफगानिस्तानले खेलेका तिन खेलमध्ये दुईमा जीत र एक हार व्यहोरेको छ ।




