समाचार

कांग्रेस नेताद्वारा गेरुवाका बाढी पीडितलाई खाद्यन्न वितरण

काठमाडौं।नेपाली कांग्रेसका नेताहरुको संयोजनमा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ र २ का बाढी पीडितलाई खाद्यन्न वितरण गरिएको छ । जीवन ज्योति स्कुलको सौजन्यमा प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य किशोरसिंह राठोर, संगठन विभागका केन्द्रीय सदस्य एवं महासमिति सदस्य जन्मजय तिमिल्सिना लगायतका कांग्रेस नेताहरुले करिव दुई सय घरधुरी बाढी पीडितलाई खाद्यन्न वितरण गरेका हुन ।

नेपाली कांग्रेसले बाढी पीडितलाई राहत वितरण कार्यक्रम जारी राख्ने तरुण दलको केन्द्रीय कार्यवहाक अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *