समाचार

भौतिक पूर्वाधार विकास मन्त्री भडेलले दिए कडा निर्देशन,विकास योजना र जनताका काम छिटो छरितो गर्नुहोस

काठमाडौं।बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले मन्त्रालय अन्र्तगका विकास आयोजना र जनताका काम छिटो छरितो रुपमा सम्पन्न गर्न निर्देशन दिएका छन । पदभाभार ग्रहण गरेको भोलीपल्ट मन्त्री भडेलले मन्त्रालयका सचिव, विभागीय प्रमुख, महाशाखा प्रमुख र कर्मचारीलाई जनताका काममा आलटाल नगर्न र मन्त्रालय अन्र्तगतका विकास योजना छिटो छरितो रुपमा सम्पन्न गर्न निर्देशन दिएका हुन ।

जनताको काममा आलटाल नगर्नुहोस मन्त्री भडेलले निर्देशनका क्रममा कर्मचारीलाई भने मन्त्रालयका दैनिक कामकाज र विकास निर्माणका योजना छिटो छरितो रुपमा सम्पन्न गर्नुहोस । कानूनी अल्झन र प्रक्रिया नपुगेर रोकिएका नियमसंगत र जनताको हितका काम नीतिगत निर्णय गरेर भएपनि अघि बढाइन्छ । मन्त्रालयका काम चुस्त दुरुस्त र छिटो छरितो ढंगले अघि बढाउने कार्यमा तपाईँहरुले ध्यान केन्द्रित गर्नुहोस । जनताका काम र विकस आयोजनाका काम फटाफट गर्नुहोस । जनताले महसुर गर्ने गरी काम अघि बढाउन होस ।

गफमा भन्दा काममा विश्वास गर्ने मन्त्री भडेलले परिणममुखी काम गर्न कर्मचारीलाई निर्देशन दिएपछि कर्मचारी समेत उत्साहित भएका छन । विकासप्रेमी नेताको छबी बनाएका मन्त्री भडेलसँग जनताको निकै ठूलो अपेक्षा पनि छ । जनताका सुख दुःखका सारथी भडेलले विकासे मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएपछि वागमति प्रदेशको पूर्वाधार निर्माणमा सुधार आउने अपेक्षा गरिएको छ ।

भडेल भक्तपुर क्षेत्र नम्बर १, प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका हुन । नेपाली कांग्रेस संसदीय दलका उप–नेता समेत रहेका भडको नेतृत्वमा वागमती प्रदेशमा कांग्रेस सरकारमा गएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *