काठमाडौं । ससंदको चालू अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा शुक्रबार राति १२ बजेदेखि लागु हुने गरि संसद्को चालू अधिवेशनको अन्त्य गरेकी हुन् ।
चालू अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै एमालेले संसद्मा अवरोध जारी राखेको थियो । प्रतिनिधिसभाको नवौँ अधिवेशनमा हालसम्म १४ बैठक भएका छन् ।
विहिबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले अर्को बैठक कार्तिक २९ गतेका लागि तोकेका थिए ।





