समाचार

गण्डकी प्रदेश एमाले पालिका अधिवेशन : मादी, रुपा र अन्नपूर्णमा सर्वसम्मत

कास्की । नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो । पोखरा महानगरपालिका र माछापुच्छ«ेमा भने सहमति नहुँदा नेतृत्व चयन हुन सकेको छैन ।

मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ, उपाध्यक्षमा एकजङ्ग गुरुङ, सचिवमा सुवास सापकोटा र उपसचिवद्वयमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन भएका छन् । अन्नपूर्णको अध्यक्षमा विवेक देवकोटा, उपाध्यक्षमा मीनाकुमारी गुरुङ, सचिव मदनप्रसाद पौडेल, सहसचिवमा दानबहादुर केसी र विराज सुवेदीलाई चयन गरिएको छ । यस्तै रुपा गाउँपालिका कमिटी अध्यक्षमा सवाबक्स मियाँ निर्विरोध चयन भएका एमाले कास्की जिल्ला कमिटीका सचिव दामोदर बैरागीले जानकारी दिएका छन् ।

यसैगरी पोखरा महानगरपालिकामा आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । पोखराको नेतृत्व लिनका लागि दीपक पौडेल, तेजनारायण अधिकारी, दिलीप न्यौपाने र सञ्जीवबहादुर कोइराला आकांक्षी छन् । सहमति नबन्दा अधिवेशन एक दिनपछि सरेको हो ।

माछापुच्छ«े गाउँपालिकाको अधिवेशन भने स्थगन गरिएको छ । उद्घाटन समारोहपछि नेतृत्व चयन प्रक्रिया सुरु भएकामा आकांक्षीबीचमा सहमति नजुटेपछि उम्मेदवारको सहमतिमा अधिवेशन स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिएका छन् । अध्यक्षका आकांक्षीबीच छलफल गरेर उहाँहरुबीचको सहमतिअनुसार निर्वाचन प्रक्रिया सुरु हुनेछ । अध्यक्षका लागि विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले मनोनयन दर्ता गराएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *