काठमाडौं । टि–२० विश्वकप क्रिकेटअन्र्गत मंगलबारकाे खेलमा पाकिस्तान विजयी भएको छ ।
पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको पाकिस्तानले दोस्रो खेलमा न्यूजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । न्युजिल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य पाकिस्तानले १८ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर भेटाएको हो ।
पाकिस्तानका लागि कप्तान बाबर अजम ९ रनमा आउट भए भने मोहम्द रिजमनले ३३ रन बनाए । सोयब मलिक २७ रनमा अविजित रहँदा असिफ अलिले समेत २७ रन बनाए ।
त्यसअघि न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले २५ रन बनाए भने मार्टिन गुप्तिलले १७ रन बनाए । जीतसँगै पाकिस्तान समुह २ को शिर्ष स्थानमा पुगेको छ भने न्युजिल्याण्ड भने तेस्रो स्थानमा रहेको छ ।




