समाचार

टि–२० विश्वकप क्रिकेट : साविक विजेता वेष्ट इण्डिज दक्षिण अफ्रिकासँग पराजित

काठमाडौं । यसअघिको विश्वकप विजेता वेष्ट इण्डिज दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित भएको छ ।

पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको वेष्ट इण्डिज दोस्रो खेलमा समेत दक्षिण अफ्रिकासँग पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । ओपनर एभिन लेविसले ५६ रन बनाए भने कप्तान किरोन पोलार्डले २६ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि एइडन मारक्रमले अविजित ५१ रन बनाए भने डेर डुसेनले ४३ रन बनाउन सके । वेष्ट इण्डिजले दिएको १४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ दशमलव २ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *