काठमाडौं । विश्वकप टि–२० क्रिकेटअन्तर्गत आज भएको खेलमा भारतले पाकिस्तानलाई १ सय ५२ रनको लक्ष्य दिएको छ ।
टस हारेर व्याटिङ थालेको भारतले खबरा शुरुवात गरेको भएपनि कप्तान विराट कोहली र ऋषब पन्तले पारी सम्हाले । कोहली ५७ रनमा आउट हुँदा पन्तले समेत ३९ रन बनाएर आउट भए । पहिलो ओभरमा रोहित शर्मा आउट हुँदा दोस्रो ओभरमा अर्का केएल राहुल आउट भएका थिए ।
भारतका लागि सूर्यकुमार यादवले ११ रन बनाए भने रविन्द्र जडेडाले १३ रन बनाए । पुरै ओभर खेल्दै भारतले ७ विकेट गुमाएर १ सय ५१ रन मात्रै बनाउन सकेको हो ।
टस जितेर जितेर पहिला फिल्डिङ रोजेको पाकिस्तानका शहिन शाह अफ्रिदी एक्लैले ३ विकेट लिए । हसन अलिले एक विकेट लिए ।




