काठमाडौं । विश्वकप टी–२० अन्तरगत समूह १ को दोस्रो खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डलाई ५५ रनको झिनो लक्ष्य दिएको छ ।
१४ दशमलव २ ओभरमा वेस्ट इन्डिजले ५५ रन मात्रै बनाउन सकेको हो ।
इंग्ल्याण्डका आदिल रसिदले घातक वलिङ गरे । उनले २ दशमलव २ ओभरमा २ रन मात्रै दिएर ४ विकेट लिए । वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन बनाए । द्वाने ब्राभो समेत ५ रनमा आउट भए ।




