त्रिशुली । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको थियो । छतमासमेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बुुझिएको छ ।
सम्बन्धित समाचार
६ चैत्र १३:१७
११ चैत्र ०७:०८
८ चैत्र ०७:३२
८ चैत्र ०९:४६
५ चैत्र १६:५४
१० चैत्र ०९:१०
१० चैत्र १७:४९
१० चैत्र १४:३१




