काठमाण्डाैं । केही दिनदेखि चर्काे घाम लागेकाे नेपालमा अबका केही दिन भने माैसम वदलि रहने भएकाे छ।
जल तथा माैसम विज्ञान विभागका अनुसार,शनिवार देखि साेमवारसम्म माैसम वदलि हुनेछ। तर शुक्रवार राजधानीमा चर्काे घाम लागेकाे थियाे।माैसम विभागले विज्ञप्ति जारी गरेर हाल भारतको आन्द्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिवार देखि माैसममा वदलाव हुने उल्लेख गरिएकाे छ।
विभागले भनेकाे छ-शनिवार नेपालमा आंशिक देखि सामान्य बदली हुने तथा आईतबार देखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केहि स्थानहरुमा मेघ गर्जन चट्यांग हावाहुरी सहित भारी वर्षाको समेत संभावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको पनि संभावना रहेको छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिई सजग रहनु हुन अनुरोध छ। विशेषतः यात्रा तथा कृषि कार्य गर्दा सजक रहनुहोला।




