समाचार

देउवा निवासमा चाेरी,तीन ताेला सुन गायव !

काठमाण्डाैं । प्रधानमन्त्री शेरवहादुर देउवाका भाइ वसेकाे घरमा चाेरी भएकाे छ। दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री देउवाका भाइ बस्दै आएको धनगढीस्थित घरमा चोरी भएको हो।

धनगढी उपमहानगरपालिका, २ सन्तोशी टोलमा देउवाका भाई भरतबहादुर देउवा बस्दै आएका थिए। सोही घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो।

उनकाे निवासबाट चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको वताइएकाे छ। उनकाे घरमा रडले ताल्चा फाेरेर चाेरी गरिएकाे पाइएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *