समाचार

सञ्चारमन्त्री कार्कीले आमा अम्बिकादेबीबाट टीका ग्रहण

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमा अम्बिकादेबी कार्कीबाट विजयादशमीको टीका ग्रहण गर्नुभएको छ ।    

 पुल्चोकस्थित मन्त्रीनिवासमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो ।    

सञ्चारमन्त्रीले परिवारका सदस्य र आफन्तजनमाझ दसैँको टीका लगाउनुभएको उहाँका स्वकीय सचिव रामजी थापाले राससलाई जानकारी दिनुभयो । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर मन्त्री निवासमा सीमित सङ्ख्याको उपस्थितिमा टीका लगाइएको छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *