काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दशैंको टीका काठमाडौंमै लगाउने भएका छन् ।
अध्यक्ष नेपालले उनकी काकीका हातबाट दशैंको टीका लगाउने अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष नेपालले कार्यकर्तालाई समेत दशैंको टीका लगाइदिने सचिवालयले जनाएको छ ।
यता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने यसपालीको दशैंको टीका नलगाउने उनको सचिवालयले जानकारी दिएको छ । नजिकको आफन्तको यसैवर्ष निधन भएका कारण अध्यक्ष ओलीले टीका नलगाउने भएका हुन् ।




