काठमाडौं । आइपीएलबाट विराट कोहली नेतृत्वको रोयल च्यालेञ्जर्स वैगालोर बाहिरिएको छ ।
आज भएको दोस्रो क्वालिपायरमा कोलकता नाइट राइडससँग ४ विकेटले पराजित भएपछि वैगालोर बाहिरिएको हो । एलिमिनेटर राउण्डअन्तर्गत भएको खेलमा विजयी भएपछि कोलकताले अब दिल्ली क्यालिटल्ससँग फाइनल यात्राका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।
यसअघि भएको पहिलो क्वालिफायरमा दिल्लीलाई पराजित गर्दै चेन्नई सुपर किङ्ग्स फाइनलमा प्रवेश गरिसकेको छ । वैगलोरले पहिला व्याटिङ गर्दै १ सय ३८ रनको लक्ष्य दिएको थियो ।
वैगलोरले पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो वैगलोरका लागि देवदत्त पडिक्कलले २१ रन, विराट कोहलीले ३९ रन र ग्लेन म्याक्सवेलले ११ रन बनाए । कोलकताका सुनिल नारायणले वैगालोरको ४ विकेट लिए ।
कोलकताले शुभम गिलले २९ रन बनाए भने सुनिल नारायणले २६ रन बनाए । दिनेश कार्तिक १० रनमा आउट हुँदा सकिव अल हसनले नटआउट ९ रन बनाए ।




