काठमाडौं । आइपीएलअन्तर्गत आज भएको दोस्रोे खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ ।
सनराइजर्स हैदरावादलाई ४२ रनले पराजित गरेको मुम्बई इन्डियन्स प्लेअफमा भने पुग्न असफल बनेको छ । यसअघिको सिजनमा आइपीएलको उपाधि विजेता रहेको मुम्बई आजको खेलमा विजयी भएपनि नेट रनरेटका आधारमा कोलकता नाइट राइडर्स प्लेअफमा पुगेको छ ।
अब पहिलो क्वालिफायर खेल दिल्ली क्यापिटल्स र चेन्नइ सुपर किङ्ग्सका बिचमा हुनेछ । खेलमा मुम्बई इन्डियन्सले हैदरावादलाई २३५ रनको बिशाल लक्ष्य दिएको थियो । मुम्बईका लागि इसान किसान र सूर्यकुमार यादवले महत्वपुर्ण योगदान दिए । किसनले ८४ र यादवले ८२ रनको योगदान गरे ।




