काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसनकुमार श्रेष्ठले कोरोनाका कारण नेपाली श्रमिकले भोग्नुपरेको समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
श्रम मन्त्रीको पदबहाली गर्दै श्रेष्ठले कोरोनाका कारण वैदेशिक रोजगारमा गएका र नेपालमा रहेका श्रमिकहरुको रोजगार खोसिएको र त्यसका बारेमा ध्यान राखेर अघि बढ्ने बताए ।
कोरोनाका कारण श्रमिकको रोजगार खोसिएको र बिदेशमा जाने कामदारको अवस्था दयनीय रहेको पाइएको भन्दै उनले समस्या समाधानमा लाग्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।




