काठमाडौं । कोरोना महामारीको जोखिम कायमै रहेपछि यसवर्ष पनि पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।
पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाउने उनका सञ्चार सहयोग फणि पाठकले जानकारी दिएका छन्। उनका अनुसार पूर्वराजा शाहले महाअष्ठमीका दिन विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने कार्यक्रम समेत हुनेछैन ।




