विश्व

२०० चिनियाँ सेना भारत प्रवेश गरेपछि अरुणाचलमा तनाव

एजेन्सी । भारतको अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा चिनियाँ र भारतीय सेना आमुनेसामुने भएका छन् ।

गत हप्ता अरुणाचल सेक्टरमा भारतीय सेनाहरु चिनियाँ सेनाहरुसंग आमुनेसामुने भएको समाचार एजेन्सी एएनआईले स्रोतको हवाला दिँदै खबर प्रकाशित गरेको छ ।

गश्तीको क्रममा २०० चिनियाँ सैनिक भारत प्रवेश गरेका थिए, सोहीबेला दुबै देशका सैनिकहरु सीमा विवादको लागी आमनेसामने भएका थिए र उनीहरुबीच केहि घण्टासम्म विवाद चलेको थियो। त्यहाँ दुवैतर्फ कुनै मानविय क्षति नभएको बताइएको छ। वार्ताको माध्यमबाट विवादको समाधान गरीएको थियो।

अरुणाचलमा झडपको खबर धेरै समयपछि आएको हो । योबाट स्पष्ट छ कि चीनले अरुणाचलमा फेरि आफ्नो गतिविधिहरुलाई बढाएको छ।

हालसालै सार्वजनिक गरेको रिपोर्टमा समेत १०० चिनियाँ सैनिकहरु ३० अगस्तमा उत्तराखण्डको बाराहोटी सेक्टरमा घुसिएका थिए र त्यहाँ ३ घण्टा बसेर फर्किएका थिए। मिडिया रिपोर्टका अनुसार घोडामा सवार चिनियाँ सैनिकहरु भारतीय सिमानामा पसे र फर्किनु अघि एउटा पुलमा तोडफोड गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *