विश्व

अमेरिकी पनडुब्बी दक्षिण चीन सागरमा अज्ञात वस्तुसंग ठोक्कियो, १५ नाविक घाइते

एजेन्सी । अमेरिकाको परमाणु शक्ति भएको पनडुब्बी दक्षिण चीन सागरमा पानीमुनि रहेको एउटा ‘अज्ञात वस्तु’संग ठोक्किएको छ । सो दुर्घटनामा १५ अमेरिकी मरीन घाइते भएका छन्।

अमेरिकी अधिकारीहरुका अनुसार युएसएस कनेक्टिकट नामक पनडुब्बी शनिबार अज्ञात बस्तुसंग ठोक्किएको हो। तर अधिकारीहरुका अनुसार यो पनडुब्बी कसरी ठोक्किएको हो भन्ने अझै स्पष्ट छैन।

अमेरिकी नौसेनाका प्रवक्ताले भने, दुर्घटनापछि पनडुब्बी अब अमेरिकाको गुआम तटतिर जाँदै छ।’

‘परमाणु उर्जा संयन्त्र र युएसएस कनेक्टिकट को अन्य महत्वपूर्ण भागहरु दुर्घटनामा क्षतिग्रस्त भएको थिएन र सामान्य रुपमा काम गरीरहेको छ,’ उनले भने। पनडुब्बीको टक्करबाट भएको क्षतिको छानबिन गरिने उनले बताए । बीबीसी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *